PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

ट्रम्पसँग वार्ता गर्न भियतनाम पुगे किम, रेलबाट ओर्लिएर कारको यात्रामा



पहिलोपोस्ट

ट्रम्पसँग वार्ता गर्न भियतनाम पुगे किम, रेलबाट ओर्लिएर कारको यात्रामा
Photo: Reuters

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको दोस्रो ऐतिहासिक शिखर वार्तामा सहभागी हुन उत्तर कोरियाली नेता किम जोङ उन भियतनाम पुगेका छन्। पहिलो ऐतिहासिक शिखर वार्ता गत वर्ष सिङ्गापुरमा सम्पन्न भएको थियो।

हरियो र पहेँलो रङको  रेलबाट दोङदाङमा रेल्वे स्टेशनमा उत्रिएका हुन्। रेलबाट ओर्लिएर किम कारमा चढेका छन्।  सडक मार्गबाट नै किम भियतनामको राजधानी हनोई पुग्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

फेब्रुअरी २७ र २८ मा हुने किम र ट्रम्पबीचको दोस्रो चरणको उच्चस्तरीय वार्ताका हनोईमा हुँदैछ। अमेरिकी राष्ट्रपति ट्रम्प पनि मंगलबार नै हनोई पुग्ने कार्यक्रम रहेको छ। बुधबार दुई नेताबीच वान टु वान वार्ता हुनेछ। बुधबार साँझ उनीहरुका सल्लाहकारसहितको रात्रिभोज हुनेछ।

गत वर्षको जुनमा दुई नेताबीच सिंगापुरमा वार्ता भएको थियो। सो वार्तामा कोरियाली प्रायद्वीपलाई पूर्ण निःशस्त्रीकरण गर्ने र उत्तर कोरियामाथि लगाइएका प्रतिबन्ध फुकुवा गर्ने सहमति भएको थियो।

तर अमेरिकाले उत्तर कोरिया निःशस्त्रीकरणप्रति सकारात्मक नभएको बताउँदै आएको छ। उत्तरले भने आफूमाथि लगाइएको प्रतिबन्ध फुकुवा नगरेकोले निःशस्त्रीकरण प्रक्रिया अघि बढ्ने नसकेने बताउँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell