PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

भारतका 'प्याड वमेन'को कथाले अस्करमा जित्यो 'बेस्ट डकुमेन्ट्री' अवार्ड



पहिलोपोस्ट

भारतका 'प्याड वमेन'को कथाले अस्करमा जित्यो 'बेस्ट डकुमेन्ट्री' अवार्ड

भारतको एक गाउँमा स्यानिटरी प्याड बनाउने महिलाको जीवनमाथि बनेको डकुमेन्ट्रीले अस्कर अवार्ड जितेको छ। 'पिरियड: इन्ड अफ सेन्टेन्स'ले बेस्ट डकुमेन्ट्री सर्ट सब्जेक्ट विधामा अवार्ड पाएको हो।

२५ मिनेट लामो डकुमेन्ट्रीले दिल्लीबाट ११५ किलोमिटर हापुड जिल्लामा स्यानिटरी प्याड बनाउने महिलाहरुको कथा भन्छ। फिल्मलाई इरानी मुलकी अमेरिकी निर्देशक रायका जेहताब्जीले बनाएकी हुन्।

एक्सन इन्डिया नामक संस्थाको नेतृत्वमा शुरु भएको प्याड उत्पादनमा अहिले गाउँका सात महिला सहभागी छन्। १८ देखि ३१ वर्ष उमेर समूहका यी प्याड वमेन दैनिक ६०० प्याड बनाउँछन्। अहिले महिनावारी बारे सचेतानात्मक क्रियाकलापमा पनि सहभागी हुन्छन्। भलै हापुडका अधिकांश गाउँहरुमा अझैपनि महिनावारीलाई लाजको विषय मानेर यसबारे खुलेर कुरा गरिंदैन।

बीबीसी हिन्दीका अनुसार हलिउडका केही छात्रहरुले हापुडको काठीगेडा गाउँबाट प्याड बनाउने मेसिन मगाएपछि रायले फिल्म बनाउने योजना लिएर भारत आएकी थिइन्। उनले केही महिलाहरुको पहिलो महिनावारी अनुभव र प्याड उत्पादनको विषयलाई फिल्ममा समेटेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell