PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

कैदीबन्दीले बुनेको कपडा विक्री वितरण गराउन सांसदको माग



पहिलोपोस्ट

कैदीबन्दीले बुनेको कपडा विक्री वितरण गराउन सांसदको माग

काठमाडौं : केन्द्रीय कारागारमा रहेका कैदी बन्दीहरुले बुनेको कपडा विक्री वितरणको व्यवस्था मिलाउन सांसदले माग गरेका छन्।

मंगलबारको प्रतिनिधि सभाको शून्य समयमा सांसद माया देवीले कैदीबन्दीद्वारा बुनिएको कपडा विक्रीको व्यवस्था मिलाउन सरकारसँग माग गरिन्।

‘केन्द्रीय कारागारका कैदीहरुले बुनेका लाखौंको कपडा अलपत्र छ।’ उनले भनिन्,‘हामीले विदेशबाट करोडौंको कपडा मगाउँछौं तर हाम्रो कैदीले बुनेको कपडा अलपत्र छ। उनीहरुले बुनेको कपडा यथाशिघ्र विक्री वितरणको वातावरण मिलाइयोस्।’ 

सांसद माया देवीले कैदीहरुले कारागारभित्रै काम गरेर परिवार पनि चलाउनु पर्ने भएकोले उनीहरुको सामान विक्री हुनु पर्ने बताइन्।

विभिन्न कारागारमा रहेका कैदी बन्दीहरुले कपडासहित घरायसी प्रयोगका विभिन्न सामाग्रीहरु बनाउँदै आएका छन्। तर, उक्त सामानहरुको विक्री वितरणमा समस्या रहँदै आएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell