PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

जेनेभामा परराष्ट्रमन्त्रीको उच्चस्तरीय वार्ता



पहिलोपोस्ट

जेनेभामा परराष्ट्रमन्त्रीको उच्चस्तरीय वार्ता

काठमाडौं : राष्ट्र संघको मानव अधिकार परिषदको बैठकमा सहभागी हुन पुगेका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली जेनेभामा उच्चस्तरीय भेटघाटमा व्यस्त छन्। 

परिषदको सदस्यसमेत रहेको नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जेनेभा पुगेका उनले सोमवार त्यहाँका बैठकको उच्चस्तरीय सत्रमा सहभागिता जनाउँदै साइडलाइनमा उच्चस्तरीय भेटवार्ता गरेका हुन्। 

परराष्ट्रमन्त्री ज्ञवालीले साइडलाइनमा कतारका उपप्रधान तथा परराष्ट्र मन्त्री सेख मोहम्बद विन अब्दुल्लारहमान विन जसिम अल थानीसँग भेट वार्ता गरेका हुन्। 

भेटवार्ताका क्रममा दुई पक्षीय साझेदारीका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस्तै भेटमा लगानीको विषयमासमेत छलफल भएको थियो। 

नेपालको विकासमा कतारको लगानी होस भन्ने आग्रह मन्त्री ज्ञवालीले समकक्षीसँग गरेका छन्। त्यस्तै कतारमा रहेका नेपाली कामदारहरुको सुरक्षा तथा सुविधाका विषयमासमेत छलफल भएको मन्त्रालयले जनाएको छ। 

त्यस्तै  मन्त्री ज्ञवालीले साइडलाइनमै बेलायतका उप विदेशमन्त्री लर्ड अहमदसँग भेटवार्ता गरेका हुन्। भेटका क्रममा द्वीपक्षिय सम्बन्ध, आर्थिक साझेदारी तथा मानवअधिकार परिषदमा दुई देशका एजेण्डाहरुका विषयमा छलफल भएको थियो। 

मन्त्री ज्ञवालीले परिषदको ४० औँ सत्रको उद्घाटन समारोहमा सहभागिता जनाएका थिए। मन्त्री ज्ञवालीले आज उच्चस्तरीय सत्रमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell