PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

इमर्जेन्सी बाहेकका सेवा बहिस्कार गर्ने सरकारी चिकित्सकको निर्णयमा चिकित्सक संघको पनि समर्थन



पहिलोपोस्ट

इमर्जेन्सी बाहेकका सेवा बहिस्कार गर्ने सरकारी चिकित्सकको निर्णयमा चिकित्सक संघको पनि समर्थन

काठमाडौं : नेपाल चिकित्सक संघले सरकारी चिकित्सक संघ (गोदान)को आन्दोलनलाई समर्थन गरेको छ। प्रेस विज्ञप्ति जारी गर्दै संघले गोदानको आन्दोलनलाई सहयोग गर्न सबै चिकित्सकलाई आग्रह गरेको छ।

गोदानले देशैभरिका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बहिस्कार गरेर आन्दोलन गरिरहेको छ। विभिन्न नारा लेखिएका पम्प्लेट बोकेर उनीहरु माइतीघर मण्डलमा प्रदर्शन गरिरहेका छन्। 

सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकविरुद्ध उनीहरुले आन्दोलन गर्दै आएका हुन्। एक महिनाअघि सरकारले माग पूरा गर्ने सहमति गरे पनि कार्यन्वयन नगरेको भन्दै उनीहरुले फेरि आन्दोलन गरेका हुन्। भोलि बुधवारदेखि सरकारी अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा गर्ने उनीहरुक कार्यक्रम छ।

सरकारले तत्काल माग पूरा नगरे सामूहिक राजीनामा दिने उनीहरुको चेतावनी छ। त्यसको लागि उनीहरुले हस्ताक्षर संकलन गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell