
इस्लामावाद : पाकिस्तानी सेनाले भारतीय वायु सेनाको विमानलाई भारततिरै लखेट्न पाकिस्तानी वायुसेनाले सफल भएको दावी गरेको छ।
फेब्रुअरी १४ मा भारतको पुलवामा आक्रमणको जवाफ भन्दै आज बिहानै पाकिस्तानमा रहेको जैश ए मोहम्मदको क्याम्पमा आक्रमण गरेको दावी गरेको थियो।
भारतको विदेश सचिव विजय गोखलेले जैश ए मोहम्मदबाट फेरि आत्मघाती आक्रमण गर्ने तयारी भइरहेको सूचनाका आधारमा सम्भावित आक्रमण हुन रोक्न पाकिस्तानमा रहेको लडाकू प्रशिक्षण शिविरमा बम आक्रमण गरेको बताएका थिए। उनले आक्रमणको क्रममा ठूलो संख्यामा जैश ए मोहम्मदका लडाकूहरु, प्रशिक्षक, सिनियर कमान्डरहरु र जिहादीहरुको मृत्यु भएको उनले दाबी गरे। सो क्याम्पमो नेतृत्व जैशका प्रमुख महसुद अजहरका भाइ माउलाना युसुफ अजर भनेर चिनिने उस्ताद घउरानीले गरिरहेको बताइएको थियो।
तर, पाकिस्तानले जैशमो शिविरमा गराइएको आक्रमणको भारतीय दाबी बारे केही बताएको छैन।
पाकिस्तानी पत्रिका डनको अनलाइन संस्करणका अनुसार पाकिस्तानी वायु सेनाको जवाफी कारवाहीमा भारतीय विमान भारत फिर्ता हुन बाध्य भएको दाबी गरिएको छ।
भारत फर्कने क्रममा भारतीय विमानले विमानमा रहेको 'पेलोड' खसाएर भागेको बताइएको छ। ती 'पेलोड'हरु बालाकोटमा खसेको र त्यसबाट कुनै क्षति नभएको जानकारी पाकिस्तानी सेनाका प्रवक्ता मेजर जेनरल असिफ घफूर ट्वीटबाट दिएका थिए। उनले पेलोडका तस्विरहरु समेत ट्वीटर मार्फत सार्वजनिक गरेका छन्। 'पेलोड' विमानको तौल बहन गर्न सक्ने क्षमता हो। त्यसमा कार्गो, यात्रु, विस्फोटक पदार्थ वा अन्य कुनै वस्तु पर्न सक्छ।
Payload of hastily escaping Indian aircrafts fell in open. pic.twitter.com/8drYtNGMsm
— Maj Gen Asif Ghafoor (@OfficialDGISPR) February 26, 2019
उनले भारतीय पक्षले लाइन अफ कन्ट्रोल पार गर्दै पाकिस्तानी भूमिमा आक्रमणमा गर्ने प्रयास गरेको भारतीय विमानलाई आक्रमण गर्नबाट अवरोध गरेको बताएका छन्।
रेडियो पाकिस्तानका भारतीय पक्षको आक्रमणपछि अनुसार पाकिस्तानी विदेश मन्त्री शाह मोहम्मद कुरेशीले इस्लामावादमा 'एमर्जेन्सी मिटिङ' बोलाएका छन्।
पाकिस्तानबाट हुन सक्ने जवाफी कारवाहीको मध्यनजर भारतीय लाइन अफ कन्ट्रोलमा रहेको आफ्ना वायु सेनालाई तयार अवस्थामा रहन निर्देशन दिएको एएनआइले जनाएको छ।
भारतको जम्मू कश्मिरमा फेब्रुअरी १४ मा गराइएको शक्तिशाली बम आक्रमणमा ४० जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको थियो। भारतले सो आक्रमणको जिम्मेवारी लिएको जैश ए मोहम्मदलाई पाकिस्तानको संरक्षण रहेको भन्दै पाकिस्तानले कडा मूल्य चुकाउनुपर्ने बताएको थियो।
तर, पाकिस्तानले भारतीय दाबीलाई खारेज गर्दै आक्रमणमा आफ्नो राष्ट्रको समूहहरु संलग्न रहेको प्रमाण दिए मिलेर अनुसन्धार गर्ने बताउँदै आएको छ।