PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

वुमन्स वर्ल्ड कप क्वालिफायर एसिया : नेपाल ग्लोबल क्वालिफायर पुग्न 'आश्चर्य' हुनुपर्ने



पहिलोपोस्ट

वुमन्स वर्ल्ड कप क्वालिफायर एसिया : नेपाल ग्लोबल क्वालिफायर पुग्न 'आश्चर्य' हुनुपर्ने

काठमाडौँ : थाइल्याण्डमा भइरहेको आइसीसी वुमन्स वर्ल्ड कप क्वालिफायर (एसिया) अन्तर्गत बुधवार लिग चरणका अन्तिम तीन खेल हुँदैछ। सात राष्ट्र सहभागि यस क्वालिफायरमा भोली हुने दुई खेल तीन टोलीको लागि महत्वपूर्ण रहेको छ।

यस प्रतियोगिताबाट अंकतालिकाको शीर्ष स्थानमा रहने एक टोली मात्र अर्को चरण अर्थात ग्लोबल क्वालिफायरमा प्रवेश गर्नेछ। त्यो पनि एउटा नभएर दुई वर्ल्ड कपको लागि।

भोलीको खेलहरुपछि एक टिम एसोसिएटतर्फ एसियाको प्रतिनिधित्व गर्दै ग्लोबल क्वालिफायरमा पुग्नेछ। त्यसका लागि आयोजक थाइल्याण्ड र युएई मुख्ख होडमा छन् भने नेपालको सम्भावना एकदमै झिनो छ।

पाँच खेल खेलिसकेपछि थाइल्याण्ड अपराजित रहँदै १० अंकका साथ शीर्ष स्थानमा छ। समान चार खेल जितेको युएई र नेपालको ८-८ अंक छ। तर राम्रो रनरेटका कारण युएई दोस्रोमा छ भने नेपाल तेस्रोमा छ। थाइल्याण्डको रनरेट पनि धेरै राम्रो रहेको र प्रतियोगितामा राम्रो गरिरहेकोले अघिल्लो चरण पुग्ने सम्भावना धेरै छ।

अब बुधवार पहिलो स्थानको थाइल्याण्ड र दोस्रो स्थानको युएई भिड्नेछन् भने नेपालले कमजोर टोली कुवेतसँग खेल्नेछ। यस्तै मलेसिया र हङकङबीच पनि खेल हुनेछ।

थाइल्याण्ड र युएईबीचको खेल दुई टोलीलाई मात्र नभई नेपालको लागि पनि महत्वपूर्ण छ। थाइल्याण्डले जित हात पारे अपराजित रहँदै स्वत अघिल्लो चरण पुग्नेछ। थोरै अन्तरको हारले पनि थाइल्याण्डलाई सहयोग गर्नेछ। युएईको हकमा भने थाइल्याण्डलाई फराकिलो अन्तरले पराजित गर्नुपर्नेछ भने नेपाल र कुवेतबीचको खेल पनि अनुकुल हुनुपर्नेछ।

तर नेपालको लागि भने थाइल्याण्ड र युएईलाई पछि पार्दै ग्लोबल क्वालिफायर पुग्न दुई खेलको नै नतिजा महत्वपूर्ण छ नै आश्चर्य नै हुनुपर्नेछ।

नेपालले कुवेतलाई हराएर मात्र हुनेछैन थाइल्याण्डलाई पनि युएईले पराजित गर्नुपर्नेछ। अझै त्यतिले पनि नेपाललाई पहिलो स्थानमा पुग्न गाह्रो हुने देखिन्छ। नेपालले कुवेतलाई निकै पराकिलो अन्तरले पराजित गर्नुपर्नेछ भने त्यसपछि नेपालको राम्रो रनरेट हुन युएईले थाइल्याण्डलाई पनि त्यही अनुकुलमा हराउनुपर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell