PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

नख्खु विस्फोट प्रकरणः नेकपाका नेता भुजेल पक्राउ, मुख्य अभियुक्त भएको प्रहरीको दाबी



सविन ढकाल

नख्खु विस्फोट प्रकरणः नेकपाका नेता भुजेल पक्राउ, मुख्य अभियुक्त भएको प्रहरीको दाबी

काठमाडौँः ललितपुरको नख्खुस्थित एनसेलको कार्यालय अगाडि शुक्रबार राति भएको विस्फोटको अनुसन्धान गरिरहेको प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता सूर्य भुजेललाई नियन्त्रणमा लिएको छ।

प्रहरीले भुजेल मुख्य अभियुक्त भएको दावी गरेको छ।

महानगरीय प्रहरी अपराध महाशाखा विशेष ब्युरोको टोलीले भुजेललाई काठमाडौँको कलंकीबाट पक्राउ गरेको एक प्रहरी अधिकृतले जानकारी दिए। घटनाको बेला उनी नख्खुमै रहेको प्रहरीको दावी छ। 

विस्फोटको जिम्मा विप्लव समूहले लिइसकेको छ।

यसअघि एनसेल कार्यालयकै दुई सुरक्षा गार्डसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

विस्फोटमा परी घाइते भएका लमजुङका सिंहप्रसाद गुरुङको मृत्यु भइसकेको छ। घाइते दुई जनाको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell