PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

सरकारी अस्पतालमा आजदेखि आकस्मिक बाहेक सबै सेवा बन्द



पहिलोपोस्ट

सरकारी अस्पतालमा आजदेखि आकस्मिक बाहेक सबै सेवा बन्द

काठमाडौँः कर्मचारी समायोजनमा सबै दरबन्दी केन्द्रमा राखेर देशभर काममा खटाइनु पर्ने मागसहित आन्दोलनरत चिकित्सकले आजदेखि देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेक सबै सेवा बन्द गर्दैछन्।

इमर्जेन्सी बाहेकका सेवा अनिश्चितकालीन रुपमा बहिस्कार गर्ने निर्णय चिकित्सकहरुले गरेका छन्।

स्थानीय तहमा समायोजन भएका चिकित्सकलाई प्रदेश तथा संघमा आउने विकल्प खुला राख्नुपर्ने चिकित्सकको मुख्य माग छ। यस्तै, स्वास्थ्य सेवामा अन्य मन्त्रालयको सचिव हुनसक्ने, एक चिकित्सक एक स्वास्थ्यका लागि विस्तारित अस्पताल सेवा र भत्ताको व्यवस्था गर्ने तथा ११औँ तहमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने व्यवस्था हटाउन पनि चिकित्सकको माग छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell