PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

कुटपिटबाट एक जनाको मृत्यु



पहिलोपोस्ट

कुटपिटबाट एक जनाको मृत्यु

रुकुम (पूर्व): पुथा उत्तरगङ्गा गाउँपालिका–१० बाछीगाउँमा कुटपिटबाट एकको मृत्यु भएको छ। बाँके नेपालगञ्जका ४६ वर्षीय दीपक भनिने टक्क रावतको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)ले जानकारी दिएको छ।

कुटपिट गर्ने दाङ घोराही उपमहानगरपालिका–१९ का २४ वर्षीय शिवराज राना र जाजरकोट नलगाड नगरपालिका–३ का २३ वर्षीय गोविन्द पुन रहेको प्रहरी नायव उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए।

आइतबार साँझ ९ बजे रावतमाथि कुटपिट भएको थियो। उनीहरु तीनै जना शहीदमार्गको कोशी एण्ड न्यौपाने निर्माण सेवा प्रालिमा कार्यरत थिए। मादक पदार्थ सेवन गरी आपसमा झगडा गर्दा रावतलाई लठ्ठीले हिर्काइ अचेत अवस्थामा पुर्‍याइएको थियो।

कुटपिटबाट गम्भीर घाइते रावतको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा मंगलबार बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ। रानालाई तत्काल प्रहरीले नियन्त्रणमा लिएको थियो भने पुनलाई सोमबार नियन्त्रणमा लिई कानुनी प्रक्रिया सुरु गरेको प्रनाउ खड्काले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell