PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

देशभरको मौसममा बदली, दिउँसो पानी पर्ने



पहिलोपोस्ट

देशभरको मौसममा बदली, दिउँसो पानी पर्ने

काठमाडौँः देशभरको मौसममा बदली आएको छ। बुधबार दिउँसो देशभरको मौसममा सामान्यदेखि पूर्ण बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी भू–भागका अधिकांश स्थानहरूमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मध्य तथा पूर्वका अधिकांश स्थानहरूमा पनि हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भू–भागहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बुधवार राति सामान्यदेखि पूर्ण बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ। बुधवार राति हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ। उच्च हिमाली भू–भागहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell