PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

१९७४ एडी ब्याण्डले तयार पारेको 'द म्यान फ्रम काठमाडौं'को गीत यस्तो छ



पहिलोपोस्ट

१९७४ एडी ब्याण्डले तयार पारेको 'द म्यान फ्रम काठमाडौं'को गीत यस्तो छ

काठमाडौं :  'द म्यान फ्रम काठमाडौं' प्रदर्शनको तयारीमा छ। आगामी चैत १ गतेदेखि प्रदर्शनमा आउने फिल्म नेपालमा बनेको 'अंग्रेजी फिल्म' हो। क्यूएफएक्स सिनेमाज् प्रमुख नकिम उद्दिन फिल्मका निर्माता हुन्।

निर्माण टिम अहिले फिल्मको प्रचारमा व्यस्त छ। हालै टिमले फिल्मको एक गीत पनि सार्वजनिक गरेको छ। नेपालको लोकप्रिय ब्याण्ड १९७४ एडीले फिल्मको गीत तयार पारेको हो।

 ‘काठमाडौं’ बोलको गीतमा रोहित जंग क्षेत्रीको शब्द, संगीत तथा स्वर छ। पेमा धोन्डुप फिल्मका निर्देशक हुन्। यसअघि उनले 'वी आर नो मंक्स' निर्देशन गरेका थिए।

यस फिल्ममा अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा समेटेको छ। फिल्ममा अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नीर शाह, आना शर्मा, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतम लगायतको अभिनय छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell