PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

#Breaking पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना



सविन ढकाल

#Breaking पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना

काठमाडौं : पर्यटन मन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ। गृह सचिव प्रेम कुमार राईले दुर्घटना भएको पुष्टि गरेका छन्। 'दुर्घटना भएको खबर आयो,' राईले भने, 'तर मानवीय क्षति भए नभएको बारे जानकारी पाइएको छैन।'

दुर्घटना ताप्लेजुङको पाथीभरा मन्दिर आसपास क्षेत्रमा भएको जानकारी आएको गृह मन्त्रालय सुत्रले जानकारी दिएको छ। तेह्रथुमको चुहान डाँडामा विमानस्थल निर्माणको अवलोकनका लागि मन्त्री अधिकारी त्यहाँ गएको बताइएको छ।

मन्त्री अधिकारीसँग यति एयरलाइन्सका संचालक आङछिरिङ शेर्पासमेत रहेको बताइएको छ।

आज बिहान करिब ११:३० बजे मन्त्री अधिकारीसहित ६ जना चढेको हेलिकप्टर पाथीभार गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए।

एयर डाइनेस्टीको नाइन एन एएमआइ कल साइनको हेलिकप्टर केही समय सम्पर्कविहीन भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell