PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

अनमोल भन्छन् 'सुहानाले अब इन्डस्ट्री हल्लाइदिन्छ'



पहिलोपोस्ट

अनमोल भन्छन् 'सुहानाले अब इन्डस्ट्री हल्लाइदिन्छ'

काठमाडौं : अभिनेता अनमोल केसी अभिनित फिल्म 'क्याप्टेन'को प्रदर्शन मिति फागुन १७ हो। त्यसलगतै चैत २९ मा अनमोलको अर्को फिल्म 'ए मेरो हजुर ३' प्रदर्शनको तयारीमा छ।

लगातार दुई फिल्म प्रदर्शनमा रहँदा अनमोल फिल्मका प्रचारका लागि व्यस्त छन्। हरेक फिल्ममा जस्तै अनमोलले 'क्याप्टेन'मा दुई नव- अभिनेत्री उपासना सिंह ठकुरी र प्रीयंका एमभीसँग स्क्रिन सेयर गरेका छन्। अहिले अनमोल उनीहरुका अभिनयको तारिफ गर्दै हिँड्न थालेका छन्।

त्यस्तै 'ए मेरो हजुर ३'मा भने अनमोलको स्क्रिन जोडीको रुपमा देखिँदैछिन् सूहाना थापा। उनी अभिनेत्री एवं निर्देशक झरना थापाकी छोरी हुन्।

सूहानाको प्रशंसामा अनमोलल भन्छन् 'सुहानाले अब इन्डस्ट्री हल्लाइदिन्छ। झरना दिदीले यत्तिकै उसलाई डेब्यू गराइरहनु भएको छैन। ट्रेन गराएर नै लेराउँदै हुनुहुन्छ। उसको भविष्य सुनौलो छ।'

फिल्म प्रदर्शन नजिँदै जाँदा अभिनेत्रीहरुको अभिनयको प्रशंसा गर्नु स्वभाविक हो।अब, सूहानाले कसरी इन्डस्ट्रीमा तहल्का मच्चाउलिन् त्यो प्रतिक्षाको विषय हो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell