PahiloPost

May 15, 2025 | २ जेठ २०८२

'मौसम खराब छ, नजानुस्' भन्दाभन्दै उडेको थियो हेलिकप्टर



सविन ढकाल

'मौसम खराब छ, नजानुस्' भन्दाभन्दै उडेको थियो हेलिकप्टर

काठमाडौं : पर्यटन मन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ। आज बिहान करिब ११:३० बजे मन्त्री अधिकारीसहित ६ जना चढेको हेलिकप्टर पाथीभार गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए।


बिहान देखिनै मन्त्री अधिकारी तेह्रथुमको चुहान डाँडामा प्रस्तावित विमानस्थलको अवलोकन गर्न पुगेका थिए। यहाँ आएपछि ताप्लेजुङमा रहेको पाथिभारा मन्दिरको दर्शन गर्न भन्दै एयर डाइनेस्टीको नाइन एन एएमआइ कल साइनको हेलिकप्टरबाट पाथिभार गएको स्थानीय शिक्षक दीपक उप्रेतीले जानकारी दिए। उप्रेतीले भने, 'उहाँको टोली बिहान विमानस्थलको अवलोकन गरेर मन्दिर दर्शन गर्न निस्किएको थियो।'

ताप्लेजुङ लगायत देशभरको मौसम बुधवार बिहानदेखि नै असमान्य थियो। कार्यक्रममा सहभागी केही मानिसले मौसम खराव भएकाले पाथिभार मन्दिर नजान समेत आग्रह गरेको शिक्षक उप्रेतीले बताए। 

पहिलोपोस्टसँगको कुराकानीमा शिक्षक उप्रेतीले भने, 'उहाँलाई कार्यक्रममा सहभागी केहीले मौसम खरावी भएकाले नजान समेत आग्रह गर्नुभएको थियो। तर मन्दिर दर्शन गर्न भन्दै जानु भएको बुझियो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell