काठमाडौं : पर्यटन मन्त्री रवीन्द्र अधिकारी, पर्यटन व्यवसायी आङ छिरिङ शेर्पासहित उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेलगत्तै सरकारले आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएको छ।
आज ११:३० बजे ६ यात्रुसहित उडेको हेलिकप्टर ताप्लेजुङको पाथीभर मन्दिर नजिकै दुर्घटनामा परेको छ। दुर्घटनामा मानवीय क्षति भए नभएको अझै जानकारी आइसककेको छैन।
बालुवाटारमा आकस्मिक बैठक डाकिएको हो।