PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

हेली दुर्घटनाको खबरले संसदीय समिति स्तव्ध भएको त्यो क्षण...



पहिलोपोस्ट

हेली दुर्घटनाको खबरले संसदीय समिति स्तव्ध भएको त्यो क्षण...

काठमाडौं : मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनाको खबर विभागीय हैसियतामा जतिखेर गृह सचिव प्रेम राईले पाइरहेका थिए, त्यतिखेर उनी संसदीय समितिमा छलफलमा जुटेका थिए।

राज्य व्यवस्था समितिमा नागरिकता सम्बन्धि विधेयकमाथि छलफल भइरहेको थियो। गृह सचिव राई सांसदहरुको जिज्ञासा मेटाउन समितिमा उपस्थित थिए। छलफलकै क्रममा उनको मोबाइल बज्यो। उनी एकैछिन भन्दै बाहिरिए। केही बेरमा फेरि भित्रिए।

समिति बैठकमा भित्रिएपछि पनि उनको फोन बज्ने क्रम निरन्तर रह्यो। अन्तत: राईले त्यो बैठकलाई निरन्तरता दिने अवस्था रहेन। उनको फोनमा तारन्तार मन्त्री अधिकारी चढेको हेलिकप्टर दुर्घटनामा परेको अपडेट भित्रिरहेको थियो।

'मलाई तुरुन्त मन्त्रालय जानुपर्ने भयो,' हडवडमा देखिएका सचिव राईले भने, 'अप्रत्यासित खबर पाएको छु।'

उनको हड्बडाहटले अनिष्टको संकेत गरिरहेको थियो। राईले समितिका पदाधीकारी र सदस्यहरुलाई त्यो अनिष्टको छोटो ब्रिफिङ गरे। 'मन्त्रीज्यूको हेलिकप्टर दुर्घटनामा पर्यो,। मानवीय क्षतिको अवस्था थाहा हुन सकेको छैन,' राईले बताए।

ताप्लेजुङको पाथीभरा दर्शनका लागि लागेको मन्त्रीसहित ६ यात्रु र एक चालक दुर्घटनामा परेका थिए। त्यो खबर लगत्तै नागरिकतामाथिको छलफल रोकियो। संसदीय समितिको बैठक त्यसैका कारण अगाडि बढ्ने अवस्था रहेन। 

दुर्घटनास्थलमा ५ जनाको शव फेला परिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell