PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

तीन बजे बोलाइएको क्याबिनेट अझै सुरु भएन, हेलिकप्टर दुर्घटनालगत्तै बोलाइएको थियो बैठक



पहिलोपोस्ट

तीन बजे बोलाइएको क्याबिनेट अझै सुरु भएन, हेलिकप्टर दुर्घटनालगत्तै बोलाइएको थियो बैठक

काठमाडौं : हेलिकप्टर दुर्घटनापछि आकस्मिक रुपमा डाकिएको मन्त्रिपरिषदको बैठक ४ बजेसम्म पनि सुरु हुन सकेको छैन। ३ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको थियो। मन्त्रिपरिषद बैठकको सूचना पाएलगत्तै प्रधानमन्त्री निवास बालुवाटार पुगेका केही मन्त्रीहरु अहिले प्रधानमन्त्रीको प्रतीक्षामा छन्।

'हामी एक घन्टादेखि प्रधानमन्त्रीको प्रतीक्षामा बसिरहेका छौं,' भित्र पुगेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले पहिलोपोस्टसँग भने। उनका अनुसार अहिले ४ जना मन्त्री प्रधानमन्त्रीको प्रतीक्षामा बैठक कक्षमा कुरिरहेका छन्।

यता, पत्रकारहरुलाई प्रधानामन्त्री निवास छिर्न दिइएको छैन। पहिलोपोस्ट संवाददाता वीपी साहले बालुवाटारबाट दिएको जानकारी अनुसार गेटमा मन्त्रिपरिषद बैठक हुने सूचना नदिएको भन्दै सुरक्षाकर्मीले पत्रकारहरुलाई भित्र छिर्न दिएका छैनन्। पत्रकारहरु बालुवाटारमा सडकमै प्रतीक्षा गरेर बसिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell