PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

सुरु भयो 'मिसेस नेपाल ग्ल्याम २०१९'को ‍अडिसन



पहिलोपोस्ट

सुरु भयो 'मिसेस नेपाल ग्ल्याम २०१९'को ‍अडिसन

काठमाडौं :  'मिसेस नेपाल ग्ल्याम २०१९'को दोस्रो अडिसन सुरु भएको छ। आयोजक ग्ल्याम वर्ल्ड इन्टरटेनमेन्टले प्रतियोगिताको आवेदन पनि खुला गरेको छ।

विवाहित महिलाहरुबीच हुने प्रतियोगितामा २० देखि ४५ वर्षसम्मका महिलाले आवेदन भर्न पाउनेछन्। प्रतियोगिताको पहिलो अडिसन फागुन २५ गते हुनेछ। आश्विनी झा प्रतियोगीताको कोरियोग्राफर हुन्।

गतवर्ष प्रतियोगिताको उपाधि अलाइजा महर्जनले जितेकी थिइन्। महर्जनले नेपालको प्रतिनिधित्व गर्दै सिंगापुरमा आयोजित अन्तराष्ट्रिय सौदर्य प्रतियोगिता 'मिसेस इन्टरनेशनल २०१८'मा सहभागी भएकी थिइन्।

सो प्रतियोगिताबाट उनले 'कन्टेस्टेन्ट अफ दि इयर', 'मस्ट इन्टेलेक्च्युअल ब्युटि', 'बस्ट सेल्फ इन्टरडक्सन' र 'बेस्ट टेवल सेटअफ' उपाधिसमेत जितेकी थिइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell