PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

पिएसएल : क्वेट्टा विरुद्ध सन्दीपको शानदार बलिङ, चार ओभरमा १० रन खर्चेर लिए ४ विकेट



पहिलोपोस्ट

पिएसएल : क्वेट्टा विरुद्ध सन्दीपको शानदार बलिङ, चार ओभरमा १० रन खर्चेर लिए ४ विकेट
photo : https://www.thenational.ae

काठमाडौँ : नेपाली क्रिकेटर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग पिएसएलमा शानदार बलिङ गर्दै एकै खेलमा ४ विकेट लिएका छन्।

लाहोर कलन्दर्सबाट खेलिरहेका उनले बुधवार क्वेट्टा ग्लाडिएटर्स विरुद्ध ४ ओभरमा १० रन मात्र खर्चेर ४ विकेट लिएका हुन्।

पावर प्लेमै २ ओभर बलिङ गरेका सन्दीपले २ ओभरमा ५ रन खर्चेर ३ विकेट लिएका थिए।

त्यसपछि सन्दीपले बाँकी दुई ओभर ५ रन नै खर्चे भने थप १ विकेट लिए।

समग्रमा २४ बल बलिङ गर्दा सन्दीपले १५ बल डट फाले भने ८ बलमा सिंगल रन दिए भने एक बलमा दुई रन दिए।

सन्दीपले चौथो ओभरमा शेन वाट्सन, छैटौँ ओभरमा राइले रुसो र उमर अकमल तथा आठौँ ओभरमा डेनिस अजिजलाई आउट गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell