A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6a810a44199a86.91936360): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6a810a44199a86.91936360,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

सिमसिमे पानीले पनि शुभ लक्षण नदेखाएको दिन : विकासको बाचा गरेरै विदा भए रवीन्द्र
PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

सिमसिमे पानीले पनि शुभ लक्षण नदेखाएको दिन : विकासको बाचा गरेरै विदा भए रवीन्द्र



भावना शर्मा

सिमसिमे पानीले पनि शुभ लक्षण नदेखाएको दिन : विकासको बाचा गरेरै विदा भए रवीन्द्र

बुधवार बिहान तेह्रथुमको आकाश बादलले ढाकेको थियो। जब पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सहितको टोली हेलिकोप्टरबाट आठराइ गाउँपालिकाको चुहानडाँडामा ओर्लियो, सिमसिम पानी पर्न थाल्यो।

आठराइको वडा नम्बर ६ मा पर्ने थुम्की डाँडामा विमानस्थल बनाउने चर्चा चलेको धेरै भइसकेको थियो। हेलिप्याड बनिसकेको त्यही स्थानमा विमानस्थल बनाउन सके आफ्नो ठाउँले विकासको फड्को मार्ने सपना स्थानीयले देखेका थिए।

प्रस्तावित विमानस्थल निर्माण क्षेत्र थुम्की डाँडामा भेला भएका करिब पाँच हजार मानिसहरु सिमसिम पानी परेपछि खुशी भए। एयर डाइनेस्टीको नाइन एन एएमआइ कल साइनको हेलिकोप्टर डाँडामा बस्दा पानी पर्नुले स्थानीयको अनुहारमा हर्ष छायो। यसरी पानी पर्नु त शुभ हो नि! भिडबाट कसैले भन्यो- अब हाम्रो गाउँमा विमानस्थल पक्का बन्ने भो।

विमानस्थल निर्माणकालागि थुम्की डाँडामा पर्यटनमन्त्री अधिकारीसहितको टोली प्रारम्भिक अध्ययनका लागि पुगेको थियो। 'हँसिलो खुशीलो र रमाइलो मिजासको मान्छे हेलिकोप्टरबाट ओर्लिदाँ हामी सबैले आशाको आँखाले हेर्‍यौं।'-स्थानीय वासिन्दा तथा तेह्रथुम क्याम्पसका प्राध्यापक दीपक उप्रेतीले भने।

हेलिकोप्टर ठीक साढे ९ बजे थुम्कीडाँडामा ओर्लियो। आठराइ गाउँपालिकाले प्रारम्भीक अध्ययनमा पुगेको टोलीको भब्य स्वागत गर्‍यो। सयपत्री फूलका माला र खादाले स्थानीयले मन्त्री अधिकारीलाई स्वागत गरे।

मन्त्री अधिकारीसँगै थिए चर्चित पर्यटन ब्यवसायी तथा यती एयरका मालिक आङछिरिङ शेर्पा, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, नागरिक उड्ययन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै एरोड्रम इन्जिनियरिङ विभागका प्रमुख ध्रुवदाश बजिमय र मन्त्रीका पिएसओ अर्जुन घिमिरे। उनीहरुका सारथी थिए क्याप्टेन प्रभाकर केसी।

पहेँलो सयपत्री फूलको मालामा स्थानीयका बीच हँसिलो मुद्रामा उभिएका मन्त्री अधिकारीले विकासको पक्षमा दमदार भाषण गरे।

त्यहाँ उनले भने- 'यहाँ विमानस्थल पक्कै बन्नेछ।'

स्थानीयले उनको भाषणमा आशा गर्ने प्रशस्त ठाउँ पाए। उनले १८ महिनामा थुम्कीडाँडा विमानस्थललाई उडान योग्य बनाउने बाचा गरे।

सँगै गएका यति एयरलाइन्सका आङछिरिङ शेर्पाले पनि 'यहाँको भुगोल निकै राम्रो रहेछ' भनेर प्रशंसा गर्न भ्याए।

मन्त्रीलाई सुन्न पुगेका स्थानीय पानी परेपछि चारतिर छरिए। तर, जसै उनले पानी पर्दापर्दै पनि भाषण सुरु गरे उनको भाषण सुन्न फेरि मानिसहरु एकाकार भए।

भाषणमा उनले भने - 'वर्तमान सरकारले मुलुकको विकास र आर्थिक विकासकालागि उल्लेखनीय काम गरिरहेको छ। केन्द्रीय प्रदेश र स्थानीय सरकारले जनताको पक्षमा प्रभावकारी ढंगले काम गर्नुपर्छ र गरिरहेको पनि छ। देशमा केही भएको छैन भनेर हल्ला गर्नेहरुलाई म के भन्न चाहन्छु भने सरकारले काम गरिरहेको छ र त त्यसैले अरुले हल्ला गरिरहेका छन्।

हामीले देशभरका एयरपोर्टलाई विस्तार गरिरहेका छौं। आर्थिक विकास, रोजगारी र उत्पादन बढाउने काम भइरहेको छ। शिक्षा र स्वास्थ्यको विकासमा सरकार लागिरहेको छ। स्थानीय, प्रदेश र केन्द्र सरकारले सबैले विकासकै काम अघि बढाइरहेको छ। यो सरकारको प्रतिवद्धता पनि हो, हामी काम गरेर देखाउँछौं।

कार्यक्रम सकेपछि मन्त्री अधिकारीले आयोजनास्थलमै गाउँले परिवेशमा तयार पारिएको साधारण खाना खाए। सादा दाल भात तरकारी बनाइएको थियो। उनले स्वाद मानेर त्यहाँ बनाइएको 'भेजिटेरियन खाना' खाएका थिए।

त्यहाँ रहुन्जेल मन्त्री अधिकारीले विकासभन्दा बाहिरको कुनै कुरा गरेनन्। त्यस स्थानमा विभिन्न राजनीतिक दलका मानिसहरु भेला भएका थिए। उनले गरेका प्रतिवद्धताले सबै दलका मानिसको मन छोएको थियो। त्यहाँ उनले कुनै राजनीतिक रंगका कुरा गरेनन्, गरे त केवल विकासको प्रतिवद्धता।

उनले स्थानीयलाई विमानस्थलको प्रारम्भीक अध्ययनपछि के के काम गरिनेछ भनेर अर्थ्याउन पनि भ्याए। भाषणमा उनले भनेका छन् - 'अध्ययनपछि के हुन्छ भनेर अब म तपाईंहरुलाई प्रक्रिया बताउँछु। अब यसपछि यहाँ वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्छ। यहाँको अध्ययनपछिको रिपोर्टसँगै वातावरण प्रभाव मूल्यांकन गर्ने काम अघि बढाउँछौं। त्यसपछि यसको सबै मूल्यांकन गरी जग्गा अधिग्रहण गर्ने काम अघि बढाउँछौं। त्यसका लागि गाउँपालिकाले सहयोग गर्ने नै छ।

उनले थपे, 'जग्गा अधिग्रहण गर्ने कुराले डराउनु पर्दैन। हामी यहाँ चलेको मूल्यभन्दा कम दिने छैनौं। सरकारले यहाँको भाउ जति पर्ने हो त्यति नै दिन्छ। सबैको सहयोगले यहाँ हामी एयरपोर्ट बनाउन सुरु गर्छौं। जग्गा अधिग्रहणको काम सुरु भएपछि यहाँहरु सबैले सहयोग गर्नुपर्छ।'

उनले यसो भन्दा स्थानीय सबैको आँखामा सकारात्मक भाव झल्किएको थियो। अब आफ्नो ठाउँमा पनि जहाज आउने भयो भन्ने कुराले खुशी भएका उनीहरुलाई मन्त्रीको हँसिलो र मिजासिलो ब्यक्तित्वले पनि तानेको थियो। सयपत्री फूलका मालाले उज्याला देखिएका मन्त्री अधिकारीले गरेका प्रतिवद्धता स्थानीयको मथिंगलमा लामो समयसम्म रहिरहन सकेन। केही घण्टा अघिमात्र स्थानीयसँगै खाना खाएका अधिकारी केही समयकै अन्तरालमा उनीहरुको माझबाट सँधैका लागि बिलीन भए।

बिहानदेखि नै तेह्रथुमको मौसम प्रतिकूल थियो। डाँडामा घरी बादल त घरी पानी थियो। सायद घामलाई पनि अनिष्टको आशंका थियो र त घमाइलो भएन दिन। खाना खाएपछि पाथीभरा दर्शन गर्न जाने कुरा चल्यो। तर, मन्त्री अधिकारीले म पहिले नै गाडीबाट गइसकेको हो नजाने कि! समेत भनेको एक स्थानीयले बताए।

तर, काठमाडौंबाट साथै गएकै टोलीकै एकले 'पुगेर आउँ न त!' भनेपछि उनी जान तयार भए। जसै अधिकारी हेलिकोप्टरमा बसे आकाशबाट सिमसिम पानी फेरि बर्सियो। शुभ साइतमा मन्त्रीज्यूलाई स्वागत र विदाइका हात हल्लाएका स्थानीयको खुशी धेरै समय टिक्न पाएन। पाथीभरा माताको दर्शन गरेर फर्केको केही मिनेटमै मन्त्री अधिकारी सहित सातैजना कहिल्यै नफर्कने गरी पाथीभरा माताकै काखमा  लीन भए।

मन्त्री अधिकारीले देखेको विकासको सपना उनको चिरनिन्द्रासँगै नहराओस्। हार्दिक श्रद्धाञ्जली!



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell