PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

सुकेटार विमानस्थलमा ल्याइयो ४ शव, बाँकी सहित भोलि सबै काठमाडौं ल्याइने



वसन्तराज उप्रेती

सुकेटार विमानस्थलमा ल्याइयो ४ शव, बाँकी सहित भोलि सबै काठमाडौं ल्याइने
सुकेटार विमानस्थलमा ल्याइएको शव।

काठमाडौं : हेलिकप्टर दुर्घटनामा मृत्यु भएकामध्ये ४ जनाको शव ताप्लेजुङको सुकेटार विमानस्थल ल्याइएको छ। प्रतिकूल मौसमका कारण थप शवहरु भोलिमात्रै दुर्घटनास्थलबाट ल्याइनेछ। भोलि नै सबै सात शव काठमाडौं ल्याउने तयारी भएको छ। 

'मौसम प्रतिकूल भएकाले शव आज ल्याउन सकिएन। भोलि सबै शव काठमाडौं ल्याइनेछ,' नागरिक उड्ययन प्राधिकरणको हवाई सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठले भने। 

दुर्घटनापछि आफन्तहरु त्रिभुवन विमानस्थलमा पुगेका थिए। मृत्युको खबर पाउनुअघि नै आफन्तहरु विमानस्थलमा पुगे पनि साँझ परेपछि फिर्ता भएका छन्।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले दुर्घटनाको छानविनका लागि समिति गठन गरेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell