PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

दुर्घटना अध्ययनका लागि छानविन समिति गठन हुँदै, क्याविनेटबाट अनुमति आउन बाँकी



पहिलोपोस्ट

दुर्घटना अध्ययनका लागि छानविन समिति गठन हुँदै, क्याविनेटबाट अनुमति आउन बाँकी
फोटो : अन्नपूर्ण पोस्ट

काठमाडौं : बुधवार भएको हेलिकोप्टर दुर्घटना अध्ययनका लागि नेपाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणले छानविन समिती गठन गर्ने भएको छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक यज्ञप्रसाद गौतमको संयोजकत्वमा चार सदस्यीय कार्यदल  गठन गर्न लागिएको मन्त्रालयका एक उच्चपदाधिकारीले जानकारी दिए।

स्रोतका अनुसार समिति गठनका लागि क्याविनेटको अनुमति भने आउन बाँकी नै छ।  

बुधवार बिहान करिब ११:३० बजे एयर डाइनेस्टीको नाइन एन एएमआइ कल साइनको हेलिकप्टरमा मन्त्री अधिकारीसहित ६ जना यात्रुसहित ७ जना चढेको हेलिकप्टर पाथीभरा नजिकै दुर्घटना परेको थियो। 

मन्त्री अधिकारीसँगै चर्चित व्यवसायी आङछिरिङ शेर्पा पनि हेलिकप्टरमा थिए। उनी निजी क्षेत्रको हवाई सेवा यति एयरलाइन्सका मालिक हुन्। हेलिकप्टरमा प्रधानमन्त्री कार्यालयमा कार्यरत उपसचिव युवराज दाहालको पनि निधन भएको छ।

त्यस्तै नेपाल नागरिक उड्ययन प्राधिकरणका निर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै एरोड्रम इन्जिनियरिङ विभागका प्रमुख ध्रुवदाश भोछिभोय, मन्त्री अधिकारीका सुरक्षागार्ड अर्जुन घिमिरेको पनि निधन भएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell