PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

भोलि शोक दिवस मनाउने सरकारको निर्णय, सार्वजनिक विदा हुने



बीपी साह

भोलि शोक दिवस मनाउने सरकारको निर्णय, सार्वजनिक विदा हुने

काठमाडौं : मन्त्रिपरिषदले आज भएको हेलिकप्टर दुर्घटनालाई लिएर भोलि एक दिन शोक दिवस मनाउने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकमा भोलि सार्वजनिक विदा दिने तयारी भएको स्रोतले जनाएको छ।

त्यस्तै देशभित्र र विदेशमा रहेका नेपाली नियोगहरुमा शोक दिवश मनाउँदै राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ। मन्त्रिपरिषदले शोक प्रस्ताव पारित गरेको छ भने यज्ञ गौतमको नेतृत्वमा छानविन समिति समेत गठन गर्ने निर्णय गरेको छ। 

आज भएको हेलिकप्टर दुर्घटनामा परी पर्यटन मन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको मृत्यु भएको छ। उनीहरुको शव भोलि काठमाडौं ल्याइँदैछ। मन्त्रिपरिषदको बैठक जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell