PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

प्रधानमन्त्री सहित मन्त्रीहरु समवेदनाका लागि राति नै मन्त्री क्वाटर जाँदै



बीपी साह

प्रधानमन्त्री सहित मन्त्रीहरु समवेदनाका लागि राति नै मन्त्री क्वाटर जाँदै

काठमाडौं : मन्त्रिपरिषद बैठक लगत्तै प्रधानमन्त्रीसहित बालुवाटारमा उपस्थित भएका सबै मन्त्रीहरु पुल्चोकस्थित मन्त्रीक्वाटर जाने भएका छन्। हेलिकप्टर दुर्घटनामा परी निधन भएका रवीन्द्र अधिकारीका परिवारलाई समवेदना दिन उनीहरु सबै मन्त्री क्वाटर जान लागेका हुन्।

आजै मन्त्रिपरिषदले हेलिकप्टर दुर्घटनालाई लिएर भोलि एक दिन शोक दिवस मनाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको हो। 

यस्तै देशभित्र र विदेशमा रहेका नेपाली नियोगहरुमा शोक दिवश मनाउँदै राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ। मन्त्रिपरिषदले शोक प्रस्ताव पारित गरेको छ भने यज्ञ गौतमको नेतृत्वमा छानविन समिति समेत गठन गर्ने निर्णय गरेको छ। सह सचिव वुद्धिसागर लामिछाने सदस्य सचिव रहने समितिमा सहायक रथी दीपकप्रसाद वास्तोला, पूर्व महासेनानी क्याप्टेन प्रमोद लामा सदस्य रहने निर्णय मन्त्रिपरिषदले गरेको छ।  

आज भएको हेलिकप्टर दुर्घटनामा परी पर्यटन मन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको मृत्यु भएको छ। उनीहरुको शव भोलि काठमाडौं ल्याइँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell