PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

पिएसएल : सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिएपछि लाहोरको तेस्रो जित, बने म्यान अफ दि म्याच



पहिलोपोस्ट

पिएसएल : सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिएपछि लाहोरको तेस्रो जित, बने म्यान अफ दि म्याच

काठमाडौँ : नेपाली युवा स्टार सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएपछि पाकिस्तान सुपर लिग पिएओसएलमा लाहोर कलन्दर्सले तेस्रो जित हात पारेको छ।

सन्दीपको ४ विकेट अनी ए बी ८ भिलियर्सको नटआउट ४७ रन मद्दतमा लाहोरले पहिलो स्थानको क्वेट्टा ग्लाडिएटर्सलाई ८ विकेटले हरायो।

तेस्रो जितपछि ६ खेलबाट ६ अंक जोडेको लाहोर चौथो स्थानमा उक्लेको छ। समान अंक भएपनि रनरेटका आधारमा पेसावर जाल्मी र इस्लामावाद युनाइटेड अगाडि छ।

सन्दीपले ४ ओभरमा १० रन खर्चेर ४ विकेट लिएपछि टस हारेर पहिले ब्याटिङ गरेको क्वेट्टा १९.१ ओभरमा १०६ रनमा अलआउट भएको थियो। जवाफमा १०७ रनको लक्ष्य लाहोरले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो।

क्वेट्टाका लागि अहसान अलीले ३३ र कप्तान सर्फ्राज अहेमदल २९ रन बनाए।

सन्दीपले उत्कृष्ट बलिङ गर्दै पावर प्लेमै २ ओभरमा ३ विकेट लिएका थिए। चौथो ओभरमा ओपनर शेन वाट्सनलाई एलबिडब्लु आउट गरेका सन्दिपले छैटौँ ओभरमा राइले रुसो र उमर अकमललाई आउट गरे। आठौँ ओभरमा डेनिस अजिलाई आउट गरेका सन्दीपले दशौँ ओभरमा भने विकेट लिन सकेनन्।

सन्दीप खेलको म्यान अफ दि म्याच घोषित भए। पिएसएलमा तीन खेल खेलेका सन्दीपले ८ विकेट लिइसकेका छन्।

सन्दीपले कप्तान पकर जमनले पावर प्लेमै बलिङ गर्न दिएकोमा खुशी लागेको र कप्तानको आफूप्रतिको विश्वास पुरा गर्न सकेकोमा खुशी लागेको बताए।

लाहोरका लागि डे भिलियर्सले ३८ बल खेल्दै ७ चौकाको सहयोगमा नटआउट ४७ रन बनाए। सोहेलले ४२ बल खेल्दै ३ चौकाको मद्दतमा नटआउट ३३ रन बनाए। भिलियर्स र हरिस सोहेलले तेस्रो विकेटका लागि नटआउट ७४ रनको साझेदारी गरे। ओपनर फकर जमन २ रनमै आउट हुँद घउहर अलीले १५ बलमा २१ रन बनाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell