PahiloPost

Nov 6, 2025 | २१ कात्तिक २०८२

गृह मन्त्रालयले भन्यो : भोलि विदा गर्नु



पहिलोपोस्ट

गृह मन्त्रालयले भन्यो : भोलि विदा गर्नु

काठमाडौं : सरकारले पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भएको विषयलाई लिएर भोलि विदा दिन जानकारी गराएको छ।

आज साँझ बसेको मन्त्रिपरिषद बैठकले हेलिकप्टर दुर्घटनाको विषयलाई लिएर भोलि १६ गते बिहीवार शोक दिवस मनाउने निर्णय गरेको थियो।

त्यसैलाई आधार बनाएर गृह मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा सम्पूर्ण सरकारी एवं सार्वजनिक कार्यालय, शैक्षिक संस्थाहरु र विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरुमा सार्वजनिक विदा दिइनुका साथै सबै सरकारी कार्यालयहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell