PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

म्याक्सवेलले शानदार शतक प्रहार गरेपछि अष्ट्रेलियाले भारतलाई ७ विकेटले हरायो, सिरिज क्लिन स्विप



पहिलोपोस्ट

म्याक्सवेलले शानदार शतक प्रहार गरेपछि अष्ट्रेलियाले भारतलाई ७ विकेटले हरायो, सिरिज क्लिन स्विप

ग्लेन म्याक्सवेलले शानदार शतक प्रहार गरेपछि अष्ट्रेलियाले भारतलाई दोस्रो टी २० मा ७ विकेटले पराजित गरेको छ। यस जितपछि अष्ट्रेलियाले भारतलाई उसैको मैदानमा २-० ले पराजित गर्दै सिरिज क्लिन स्विप समेत गरेको छ। भिसाकापटानाममा भएको पहिलो टी २० अष्ट्रेलियाले ३ विकेटले जितेको थियो।

बैंगलोरस्थित चिन्नास्वामी स्टेडियममा भारतले दिएको १९१ रनको लक्ष्य अष्ट्रेलियाले २ बल बाँकी छदै ३ विकेट गुमाएर पुरा गरेको हो।

अष्ट्रेलियाका लागि म्याक्सवेलले ५५ बल खेल्दै ७ चौका र ९ छक्काको मद्दतमा नटबउट ११३ रन बनाए। म्याक्सवेलले चौथो विकेटका लागि पिटर ह्याण्ड्सकम्बसँग नटआउट ९९ रनको साझेदारी गरे।

ओपनर मार्कुस स्टोइनिस ७ र कप्तान आरोन फिन्च ८ रनमा आउट हाद अष्ट्रेलिया ४ ओभरमा २२-२ को स्थितीमा थियो। तर म्याक्सवेलले अर्का ओपनर डि आर्ची सर्टसँग मिलेर तेस्रो विकेटका लागि ७३ रनको साझेदारी गर्दै इनिङ्स उकासे। सर्टले २८ बल खेल्दै ६ चौकाको मद्दतमा ४० रन जोडे।

म्याक्सवेललाई अर्को छेउबाट गतिलो साथ दिएका ह्याण्ड्सकम्ब २० रनमा नटआउट रहे। १८ बल खेलेका उनले १ चौका प्रहार गरे।

भारतका भिजय शंकरले २ र सिद्धार्थ कउलले १ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली भारतले कप्तान विराट कोहलीको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९० रन बनाएको थियो। भारतको लागि सम्मानजनक स्कोर तयार पार्न कोहली र महेन्द्र सिंह धोनीले चौथो विकेटका लागि १०० रनको साझेदारी गरे।

कोहलीले ३८ बल खेल्दै २ चौका र ६ छक्काको मद्दतमा नटआउट ७२ रन बनाए। ओपनर केएल राउलले ४७ र धोनीले ४० रन जोडे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell