PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

मन्त्री अधिकारीको निधनमा राष्ट्रिय शोकः आज सार्वजनिक विदा



पहिलोपोस्ट

मन्त्री अधिकारीको निधनमा राष्ट्रिय शोकः आज सार्वजनिक विदा

काठमाडौं : मन्त्रिपरिषदले आज एक दिन शोक दिवस मनाउने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकमा बिहिवार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
त्यस्तै देशभित्र र विदेशमा रहेका नेपाली नियोगहरुमा शोक दिवश मनाउँदै राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ। मन्त्रिपरिषदले शोक प्रस्ताव पारित गरेको छ भने यज्ञ गौतमको नेतृत्वमा छानविन समिति समेत गठन गर्ने निर्णय गरेको छ। 

बुधवार भएको हेलिकप्टर दुर्घटनामा परी पर्यटन मन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको मृत्यु भएको छ। उनीहरुको शव आज काठमाडौं ल्याइँदैछ। सरकारले राजकिय सम्मानका साथ अन्तयष्ठी गर्ने निर्णय समेत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell