PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

प्रिमियर लिग : पाँच ठूला क्लब विजयी, लण्डन डर्बीमा टोटनहम पराजित



पहिलोपोस्ट

प्रिमियर लिग : पाँच ठूला क्लब विजयी, लण्डन डर्बीमा टोटनहम पराजित

पाँच ठूला क्लब लिभरपुल, म्यानचेष्टर सिटी, आर्सनल, म्यानचेष्टर युनाइटेड र चेल्सीले प्रिमियर लिगमा एकै दिन जित हात पारेका छन्।

शीर्ष ६ क्लबमध्ये टोटनहम भने पराजित भयो। टोटनहमलाई लण्डन डर्बीमा चेल्सीले नै पराजित गरेको हो।

शीर्ष स्थानको लिभरपुलले वाटफोर्डाई ५-० ले पराजित गर्दा साडियो माने र भर्जिल भान डाइकले २-२ गोल गरे। डिभोक ओरगीले एक गोल थपे।

यस्तै सर्जियो अगुएरोको एक मात्र पेनाल्टी गोलको मद्दतमा म्यानचेष्टर सिटीले वेष्टहमलाई १-० ले पराजित गर्‍यो।

आर्सनलले एएफसी बर्नमाउथलाई ५-१ ले हरायो। लण्डन क्लबका लागि मेसुट ओजिल, हेनरिख मिखातर्‍यान, लरेन्ट कोसिन्ले, पिएरे एमरिक ओवामेयाङ र अलेक्जान्डर जाकाजेटले गोल गरे।

यसैगरी युनाइटेडले क्रिस्टल प्यालेसलाई उसैको मैदानमा ३-१ ले पराजित गर्‍यो। महत्वपूर्ण खेलाडीहरु घाइते हुनका बावजुतपनि युनाइटेडले जिताउन रोमेलु लुकाकुले २ गोल गरे। एस्ले योङले एक गोल गरे।

अर्को खेलमा चेल्सीले टोटनहमलाई पराजित गर्दा पेड्रोले एक गोल गरे। टोटनहमका किरण ट्रिपिएरले आत्मघाती गोल उपहार दिए।

गएराती भएको खेलपछि लिभरपुल ६९ अंकसहित पहिलो र ६८ अंक रहेको सिटी दोस्रो स्थानमा छ। चेल्सीसँग हारेपछि ६० अंक रहेको टोटनहम तेस्रोमा छ। आर्सनल ५६ अंहसिकत चौथो र युनाइटेड ५५ अंकका साथ पाँचौ स्थानमा छ। सबै टोलीले २८ खेल खेलिसकेका छन्। एक खेल कम खेलेको चेल्सी ५३ अंकसहित छैटौँ स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell