PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

कोपा डेल रे : रियल मड्रिडलाई हराउँदै बार्सिलोना फाइनल, सुअरेजको दुई गोल



पहिलोपोस्ट

कोपा डेल रे : रियल मड्रिडलाई हराउँदै बार्सिलोना फाइनल, सुअरेजको दुई गोल

लुइस सुरअरेजले दुई गोल गरेपछि रियल मड्रिडलाई पराजित गर्दै बार्सिलोना स्पानिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ।

घरेलु मैदानमा भएको पहिलो लेगमा १-१ को बराबरी खेलेको बार्सिलोने दोस्रो लेगमा रियललाई उसैको मैदानमा ३-० ले पराजित गर्दै समग्रमा ४-१ को जित हात पारेको हो।

बार्सिलोनालाई शानदार जित दिलाउन लुइस सुअरेजले दुई गोल गरे। यस्तै रियलका राफेल भरानले एक आत्मघाती गोल उपहार दिए।

अब बार्सिलोनाले भ्यालेन्सिया र रियल बेटिसबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ।

सर्वाधिक ३० पटकको च्याम्पियन बार्सिलोना लगातार छैटौँ पटक कोपाल डेल रे को फाइनलमा प्रवेश गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell