PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

मौसम खराबीको कारण मन्त्रीसहित सात जनाको शव काठमाडौं ल्याउन समस्याः ताप्लेजुङमा शव परीक्षण हुन सकेन



पहिलोपोस्ट

मौसम खराबीको कारण मन्त्रीसहित सात जनाको शव काठमाडौं ल्याउन समस्याः ताप्लेजुङमा शव परीक्षण हुन सकेन
फोटो रासस

काठमाडौ : दुर्घटनाग्रस्त हेलिकप्टरका यात्रुहरूका शव काठमाडौँ पठाउन आवश्यक कानूनी प्रक्रिया पूरा गर्न विमानस्थलमै बसेको जिल्ला सुरक्षा समितिको बैठकले ताप्लेजुङमा शव परीक्षण हुन नसक्ने ठहर गरेको छ । बैठकले परीक्षणको प्रयोजनका लागि काठमाडौँ पठाउने निर्णय गरेको छ।

तर निरन्तर बिग्रँदो मौसमले शव काठमाडौँतर्फ पठाउन ढिलाइ भइरहेको छ ।

बिहीवार विहान बाक्लो कुहिरोभित्र ताप्लेजुङ सुकेटार विमानस्थल कार्यालयको दृश्य ः रासस

ताप्लेजुङमा निरन्तर हिमपात भइरहेको छ र अधिकांश क्षेत्रमा कुहिरोले ढाकिरहेको छ। प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीका अनुसार मौसममा सुधार आउने बित्तिकै शवहरू काठमाडौँ पठाइने बताए।

हिजो बुधबार दिउँसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सातजना चढेको डाइनेस्टी एयरको हेलिकप्टर सिस्नेभीर नजिकै दुर्घटनाग्रस्त हुँदा सबै सातजनाको निधन भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell