PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

पर्यटन मन्त्री अधिकारी सहित सात जनाको शव पहिचान गर्न शिक्षण अस्पतालमा 'फरेन्सिक एक्सपर्ट'को टोली तयार



पहिलोपोस्ट

पर्यटन मन्त्री अधिकारी सहित सात जनाको शव पहिचान गर्न शिक्षण अस्पतालमा 'फरेन्सिक एक्सपर्ट'को टोली तयार

काठमाडौः नागरिक उड्यन तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारी लगायत अन्य सात जनाको शव पोस्टमार्टमको लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिने भएको छ। ताप्लेजुङमा शव परीक्षण हुन नसक्ने भएपछि शव पहिचानको लागि शिक्षण अस्ताल ल्याइने भएको हो।

खराब मौसमको कारण ताप्लेजुङबाट शव ल्याउन ढिला भइरहेको छ।

शिक्षण अस्पतालका फरेन्सिक डाक्टर मणि महर्जनले पोस्टमार्टम गर्न डाक्टरको टोली 'स्ट्याण्डबाइ' रहेको बताए। 'शव पहिचानको लागि यहाँ ल्याउने कुरो भएको छ। हामी त्यसकै तयारी गर्दैछौँ' उनले भने, 'हाम्रो फरेन्सिक एक्सपर्टको टोलीको छलफल भर्खर सकिएको छ। हामी तयारी अवस्थामा छौँ।'

पोखरा महानगरपालिका वडा नम्वर ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले आज बेलुकासम्म अधिकारीको शव पोखरा ल्याउने तयारी भएको र शुक्रबार बिहान ८ बजेदेखि अन्तिम श्रद्धाञ्जलिका लागि राखी त्यसपछि अन्त्येष्टि गरिने जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell