PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

क्यूएफएक्सलाई लिड गर्दै अनमोल केसी अभिनित 'क्याप्टेन'



पहिलोपोस्ट

क्यूएफएक्सलाई लिड गर्दै अनमोल केसी अभिनित 'क्याप्टेन'

काठमाडौं : यो साता शुक्रबार तीन फिल्म प्रदर्शनमा आउँदैछ। अनमोल केसी अभिनित 'क्याप्टेन', आयुष्मान देशराज जोशी श्रेष्ठ अभिनित 'द ब्रेकअप' र कार्तिक आर्यानको 'लुका छुप्पी'को बुकिङ खुल्ला गरिएको छ।

दीवाकर भट्टराईले निर्देशन गरेको 'क्याप्टेन'ले मल्टिप्लेक्स अन्तर्गतको क्यूएफएक्समा १६ सो प्राप्त गरेको छ। यस्तै हेमराज बिसी निर्देशित 'द ब्रेकअप'ले १० सो मात्र पाएको छ। लक्ष्मण उतेकर निर्देशित बलिउड फिल्म 'लुका छुप्पी'लाई क्यूएफएक्सले ५ सो मात्र दिएको छ।

सोका हिसाबले क्यूएफएक्सको अग्रस्थानमा भुवन केसीले निर्माण गरेको फिल्म 'क्याप्टेन' छ। यो शुक्रबार दई नेपाली फिल्मसँगै एक बलिउड फिल्मको भिडन्त पक्का छ। अब यी तीनमा कुन फिल्मले बाजी मार्ला त्यो भने पछि नै थाह हुनेछ।

'क्याप्टेन'बाट कलाकार उपासना सिंह ठकुरी र प्रियंका एमभीले डेब्यू गर्दैछन्। फिल्ममा अनमोल, उपासना र प्रियंकासँगै सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन बिक्रम राई, राजाराम पौडेल, सरोज खनाल, सुर्यमाला खनाल, बद्धी तामाङलगायतको अभिनय छ। फिल्ममा सामिप्यराज तिमिल्सेनाको कथा, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, नवराज उप्रेतीको छायाँकन, चन्द्र पन्तको द्वन्द र दीर्घ खड्काको सम्पादन छ।

त्यस्तै 'द ब्रेकअप'मा आशिरमानसँगै शिल्पा मास्के, रेमनदास श्रेष्ठ, इच्छा कार्कीको अभिनय छ। फिल्ममा नरेन्द्र मैनालीको छायाँकन छ।

बलिउडमा प्रतिक्षित मानिएको फिल्म 'लुका छुप्पी' मा कार्तिकसँगै कृति सनोन, विनय पाठक र पंकज त्रीपाठीको मुख्य अभिनय छ।

 

 

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell