PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

सुदूरपश्चिमका प्रदेश प्रमुख मल्ललाई थप उपचारका लागि एयर एम्बुलेन्सबाट दिल्ली लगियो 



एम बम

सुदूरपश्चिमका प्रदेश प्रमुख मल्ललाई थप उपचारका लागि एयर एम्बुलेन्सबाट दिल्ली लगियो 

कैलालीः सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहराज मल्ललाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको छ। काठमाडौंमा उपचाररत मल्लको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको हो। 

एयर एम्बुलेन्समार्फत प्रदेश प्रमुख मल्ललाई नयाँ दिल्लीको गुडगाँउस्थित मेदान्त अस्पताल लैजान लागीएको उहाँका प्रेस संयोजक गजेन्द्र ओझाले बताए। मल्ललाई हिजो नै लैजाने तयारी भएपनि मौसम खराबीका कारण एअर एम्बुलेन्सले उडान भर्न नसके पछि आज लगिएको हो।
 
स्वास्थ्यमा एकाएक समस्या आएपछि प्रदेश प्रमुख मल्ललाई सुदूरपश्चिम प्रदेश सरकारको पहलमा फगुन ५ गते नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको थियो। उनको छातीमा गम्भीर संक्रमण देखिएको चिकित्सकले बताएका छन्। चिकित्सकको सल्लाहमा टिचिङ अस्पताल उपचाररत मल्ललाई मेदान्त लग्न लागीएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell