PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

शव बोकेको हेलिकप्टर काठमाडौं आइपुग्यो, विमानस्थलमा ७ एम्बुलेन्स तैनाथ



पहिलोपोस्ट

शव बोकेको हेलिकप्टर काठमाडौं आइपुग्यो, विमानस्थलमा ७ एम्बुलेन्स तैनाथ

काठमाडौं : ताप्लेजुङको सुकेटारबाट शव बोकेर उडेको हेलिकप्टर काठमाडौंमा ल्यान्ड भएको छ। त्रिभुवन विमानस्थलमा रहेका हाम्रा संवाददाता वसन्तराज उप्रेतीले जनाएअनुसार विमानस्थलमा शवका लागि ७ वटा एम्बुलेन्स तैनाथ गरिएको छ।

साथै विमानस्थलमा अहिले गृहमन्त्री रामबहादुर थापा, रक्षा मन्त्री ईश्वर पोखरेल, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित लगायतका मन्त्रीहरुसमेत पुगेका छन्।

यहाँबाट शवलाई त्रिवि शिक्षण अस्पताल लगिने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell