PahiloPost

Sep 10, 2026 | २५ भदौ २०८३

शव अस्पताल पुग्दा शोकले सन्तप्त आफन्त



सागर बुढाथोकी

शव अस्पताल पुग्दा शोकले सन्तप्त आफन्त

काठमाडौं : दुई बज्नै लाग्दा त्रिवि शिक्षण अस्पतालको परिसर भिडभाड भइसकेको थियो। आफन्तहरुको बाक्लो भिड शोकमा देखिन्थ्यो।

त्रिभुवन विमानस्थलबाट एम्बुलेन्समा ल्याइएको शव बुझ्न उनीहरु यहाँ प्रतीक्षारत थिए। दुई बज्न १० मिनेट बाँकी रहँदा एम्बुलेन्स अस्पताल परिसरमा आइपुग्यो। गाडी आइपुग्नासाथ उनीहरु थप भक्कानिए। मन्त्री रवीन्द्र अधिकारी, पर्यटन व्यवसायी आङ छिरिङ शेर्पासँगै अन्य ५ जनाको शव एम्बुलेन्समा ल्याइएको छ। यहाँ पोस्ट पार्टम सकिएपछि उनीहरुको शव अन्तिम संस्कारका लागि लगिने छ।

आजै ताप्लेजुङबाट उनीहरुको शव ल्याइएको हो।

आफन्तका सग्लो रुप देख्न नपाएपछि उनीहरु भक्कानिएका थिए। प्लास्टिकका झोलामा अटाएका अंगहरु निकालेपछि सातवटै एम्बुलेन्स फर्किएका छन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell