PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

सात शवका लागि फूलले यसरी सजाइँदैछ टुँडिखेलमा 

सात शवका लागि फूलले यसरी सजाइँदैछ टुँडिखेलमा 

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : राजधानीको टुँडिखेलमा आज मध्यान्नदेखि नै नेपाली सेनाको सक्रियता एउटा फरक कामका लागि जारी थियो। टेबुलमाथि सेतो कपडा र ट्रकमा ल्याइएको माला। केही अनौठो लाग्ने यो दृश्य दुखद् घटनाप्रति समवेदना प्रकट गर्नका लागि थियो, सम्मानका लागि। 

हिजो भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्रीसहित ७ जनाको शवका लागि बेग्ला बेग्लै ठाउँको तयारी भइरहेको थियो। उनीहरुको शव विमानस्थलबाट शिक्षण अस्पताल लैजानेक्रममा यहाँ भने सेनाहरु सजावटमा जुटेका थिए।

बटुवाहरु अनौठो मानेर सेनाको तयारी हेरिरहेका थिए। कुनै भव्य समारोह हुँदा हुने सजावटका झलक यहाँ देखिन्थ्यो। दुर्घटनामा भएको हाइप्रोफाइलको मृत्युकै कारण आज सरकारले सार्वजनिक विदा घोषणा गरेको छ र श्रद्धाञ्जली अर्पणका लागि यहाँ तयारी हुँदैछ।



ट्रेन्डिङ पोस्ट

Ncell