PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

पोस्टमार्टम नसकिने भएकाले शव आज अस्पतालमै रहने



सागर बुढाथोकी

पोस्टमार्टम नसकिने भएकाले शव आज अस्पतालमै रहने

काठमाडौं: पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितको शव आज अस्पतालमै रहने भएको छ। शव पहिचानपछि आज पोस्टमार्टम गर्ने तयारी थियो। तर शव पहिचान हुन नसक्दा पोस्टमार्टम रोकिएको शिक्षण अस्पतालका फरेन्सिक डाक्टर मणि महर्जनले जानकारी दिए।

पोस्टमार्टम हुन नसकेपछि श्रद्धाञ्जलीको कार्यक्रम पनि रोकिएको छ। 

पोष्टमार्टम नभएपछि आज ३ बजेदेखि शुरु हुने भनिएको श्रद्धाञ्जली कार्यक्रम सरेको छ। नेपाल कम्युनिष्ट पार्टी(ने क पा)का महासचिव विष्णु पौडेलले श्रद्धाञ्जली कार्यक्रम भोलि बिहान ८ देखि ११ बजे सम्मका लागि सारिएको जानकारी दिए।

पोस्टमार्टमपछि टुँडिखेलस्थित सैनिक मञ्चमा श्रद्धाञ्जलीका लागि राष्ट्रपति विद्यादेवी भण्डारी पुग्ने कार्यक्रम तय भइसकेको थियो।

बुधवार ताप्लेजुङको फुङलिङस्थित सिस्ने भिरमा हेलिकप्टर दुर्घटना हुँदा मन्त्री अधिकारी, पर्यटन व्यवसायी आङछिरिङ शेर्पासहित सात जनाको निधन भएको थियो। सातै जनाको शव आज दिउँसो सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो।

दुर्घटनामा परी मन्त्री अधिकारी, व्यवसायी शेर्पासहित नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्रीे कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर केसी र मन्त्रीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेको निधन भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell