
काठमाडौँ : अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा भइरहेको शहिद स्मारक बी डिभिजन लिगको दोस्रो तथा अन्तिम चरणको खेल तालिका सार्वजनिक भएको छ।
पहिलो चरणमा सहभागि क्लबलाई दुई समूहमा विभाजन गरेर लिग खेलाइएको थियव। त्यसपछि दुवै समूहको शीर्ष दुई स्थानमा रहने क्लब अन्तिम चरणमा पुगेका हुन्।
अन्तिम चरणमा चार क्लबबीच कूल ६ खेल हुनेछ। यस चरणका खेलहरु फागुन १७ गते (भोली) बाट सुरु हुनेछ।
पहिलो दिन सातदोबाटो युथ क्लब र श्री भगवती युथ क्लब तथा टुसाल युथ क्लब र आरसिटी क्लबबी खेल हुनेछ।
यस्तै १९ गते टुसाल र श्री भगवती तथा सातदोबाटो र आरसिटी बीच हुनेछ भने २१ गते आरसिटी र श्री भगवती तथा सातदोबाटो र टुसला क्लबबीच खेल हुनेछ।
६ खेलपछि सबैभन्दा धेरै अंक जोड्ने क्लब च्याम्पियन हुनेछ। यस चरणमा पहिलो चरणको अंक नजोडिने एन्फाले जनाएको छ।