PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

महिला क्रिकेट टोली स्वदेश फर्कियो



पहिलोपोस्ट

महिला क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडौँ : थाइल्याण्डमा सम्पन्न आइसीसी वुमन्स वर्ल्ड कप क्वालिफायर एसिया रिजन खेलेर नेपाली राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्किएको छ।

७ राष्ट्र सहभागि क्वालिफायरमा उपविजेता बनेको नेपाली टोली बिहीवार काठमाडौँ आइपुगेको हो।

राउण्ड रोविन लिगको आधारमा भएको क्वालिफायरमा नेपालले ५ खेलमा जित हात पारेको थियो भने घरेलु टोली थाइल्याण्डसँग पराजित भएको थियो।

ग्लोबल क्वालिफायरमा पुग्ने लक्ष्यका साथ थाइल्याण्ड पुगेपनि लिगको दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएपछि नेपाल उपविजेतामै चित्त बुझाउन बाध्य भयो।

थाइल्याण्ड अपराजित रहँदै च्याम्पियन बनेर टी-२० र वानडे वर्ल्ड कपको लागि छनोट भएको हो।

क्वालिफायरमा नेपालले मलेसिया, युएई, हङकङ, चीन कुवेतलाई पराजित गरेको थियो।

बिहीवार काठमाडौँ आइपुगेको नेपाली टोलीलाज्ञ त्रिभुवन विमानस्थलमा स्वागत गर्न कुनै पदाधिकारी पनि पुगेनन्। जितेर आउँदा हाई-हाई गर्ने र पराजित हुँदा अथवा अर्को चरणमा पुग्न नसक्दा पदाधिकारीले वेवास्ता गर्ने परम्परा पुरानै हो।

यसअघि एक महिनाअघि जनवरीमा महिला टोली थाइल्याण्डमै भएको टी २० स्म्यासमा पनि उपविजेता बनेको थियो।

नेपाली महिला क्रिकेट टोलीले सुरुवात देखि नै राम्रो प्रदर्शन गरेपनि निरन्तर खेल्न नपाउँदा र उचित सहयोग नपाउँदा पछिल्लो वर्षहरुमा हराएको जस्तो देखिएको थियो। तर २०१९ को सुरुवातसँगै नेपाली महिला टोलीले दुई प्रतियोगिता खेलिसकेको छ। सिमित स्रोत र साधनको बावजुत पनि महिला टोलीले हात पारेको यस सफलता प्रशंसनिय छ। यसलाई जोगाइराख्न  र आगामी दिनमा अझै ठूला प्रतियोगिता खेल्ने हो भने महिलाहरुको लागि पनि निरन्तर प्रतियोगिता हुनु आवश्यक देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell