PahiloPost

Oct 22, 2024 | ६ कात्तिक २०८१

उर्जा मन्त्री वर्षमान पुन मुटुमा समस्या आएपछि नर्भिकमा भर्ना: प्रधानमन्त्री ओली पुगे भेट्न



पहिलोपोस्ट

उर्जा मन्त्री वर्षमान पुन मुटुमा समस्या आएपछि नर्भिकमा भर्ना: प्रधानमन्त्री ओली पुगे भेट्न

काठमाडौँ : मुटुमा समस्या आएर ऊर्जा, जलस्रोत तथा तथा सिंचाई मन्त्री वर्षमान पुन थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन्। बिहीबार एक्कासी अस्वस्थ भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो। 

मुटुरोग विशेषज्ञ डा यादवदेव भट्टको टोलीले उनको उपचार गरिरहेको अस्पतालले जनाएको छ। अहिले उनको सिसियुमा राखेर उपचार भइरहेको छ।

डाक्टर भट्टले जनाए अनुसार उनलाई दिउसो चार बजे अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउनासाथ डाक्टर भट्टको टोली उनको उपचारमा खटिएको थियो। 'उहाँको मुटुको खराबी हो। अहिले औषधि चलाएका छौँ। अवस्था सुधार हुदैँछ। प्रम ओली आएर भेटेर जानुभयो।'

अस्पतालले जनाए अनुसार मन्त्री पुन बेहोस भएर लडेपछि नर्भिक लगिएको हो। उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका थिए।

यसअघि पनि मन्त्री पुनको मुटुमा समस्या देखिएर अस्पताल भर्ना गरिएको थियो। अस्पतालले जनाए अनुसार उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell