PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

नेपालको फुटबल विकासमा चीनले सहयोग गर्ने, एन्फा र चाइनिज फुटबल एसोसिएसनबीच सम्झौता



पहिलोपोस्ट

नेपालको फुटबल विकासमा चीनले सहयोग गर्ने, एन्फा र चाइनिज फुटबल एसोसिएसनबीच सम्झौता

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) र चाइनिज फुटबल एसोसिएसन (सिएफए)बीच नेपालको फुटबल विकासका लागि बिहीवार सम्झौता भएको हो।

राजधानीमा एन्फा र सिएफएबीच चार वर्षका लागि सम्झौता सम्पन्न भएको हो। सम्झौता पत्रमा एन्फाको तर्फबाट अध्यक्ष कर्मा छिरिङ शेर्पा र सिएफएका कार्यावाहक उपाध्यक्ष डु जाओचाइले हस्ताक्षर गरे। सम्झौता अनुसार चीनले नेपालको फुटबल विकासमा सहयोग गर्नेछ।

सम्झौतामा दुवै देशको राष्ट्रिय टोलीको आदानप्रदान, पूर्वाधार विकासमा सहकार्य र प्राविधिक विकासमा चीनले नेपाललाई सहयोग गर्ने उल्लेख छ। त्यसैगरी दुईदेशबीच मैत्रीपूर्ण खेल खेलाइने सम्झौतामा उल्लेख छ।

सम्झौतापत्रमा हस्ताक्षरपछि एन्फा अध्यक्ष शेर्पाले दुई छिमेकीबीचको सहकार्य नेपाली फुटबल विकासका लागि कोशेढुङ्गा सावित हुने बताए। अध्यक्ष शेर्पाका अनुसार अब नेपालमा हुने प्रतियोगितामा चीनको प्रान्तिय र तेस्रो डिभिजनका क्लबले सहभागिता जनाउने छन्। “पूर्वाधार विकासमा चीनले गर्न सक्ने सहयोगका क्षेत्र पहिचान गरी हामी निकट भविष्यमै चीनको भ्रमण गर्ने र त्यसमा विस्तृत कार्ययोजना समेत लैजान्छौँ, आजको सम्झौता भनेको पहिलो चरणको हो”, उनले भने।

चिनियाँ फुटबल सङ्घका अध्यक्ष डु जाओचाईले नेपाल र चीनबीच फुटबलको विकासमा आज भएको सम्झौता रणनीतिक साझेदारी भएको बताए। नेपाल र चीनबीच सदियौँदेखि सांस्कृतिक तथा दौत्य सम्बन्ध रहेको उल्लेख गर्दै उनले सम्झौताले दुई मुलुकको राष्ट्रिय फुटबल टोलीबीच राम्रो सम्बन्ध बनाउन आधार तयार भएको बताए। “नेपालबाट तिब्बत नजिक छ, हामी तिब्बतसँग जोडिएर फुटबलमा धेरै काम गर्न सक्छौँ,” उनले भने। फुटबल विकासमा सहकार्य गर्न अध्यक्षसहितको तीन सदस्यीय चिनियाँ टोली आजै नेपाल आएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell