PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

मन्त्री अधिकारी सहितको शव श्रद्धाञ्जलीको लागि बिहान टुँडिखेलमा राखिने, मन्त्री अधिकारीको अन्त्येष्टि गृह जिल्लामा



पहिलोपोस्ट

मन्त्री अधिकारी सहितको शव श्रद्धाञ्जलीको लागि बिहान टुँडिखेलमा राखिने, मन्त्री अधिकारीको अन्त्येष्टि गृह जिल्लामा

काठमाडौं: पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितको शव आज पोस्टमार्टम सकेपछि श्रद्धाञ्जलीको विहान टुँडिखेलमा राखिने भएको छ। बिहिवार नै श्रद्धाञ्जलिको कार्यक्रम राखिएपनि  शव पहिचान हुन नसक्दा पोस्टमार्टम रोकिएको शिक्षण अस्पतालका फरेन्सिक डाक्टर मणि महर्जनले जानकारी थिए।
पोष्टमार्टम नभएपछि दिउँसो ३ बजेदेखि शुरु हुने भनिएको श्रद्धाञ्जली कार्यक्रम सरेको थियो। नेपाल कम्युनिष्ट पार्टी(ने क पा)का महासचिव विष्णु पौडेलले श्रद्धाञ्जली कार्यक्रम आज बिहान ८ देखि ११ बजे सम्मका लागि सारिएको जानकारी दिए। मन्त्रि  अधिकारीको अन्त्येष्ठी भने गृह जिल्ला कास्कीमा गरिने भएको छ।
बुधवार ताप्लेजुङको फुङलिङस्थित सिस्ने भिरमा हेलिकप्टर दुर्घटना हुँदा मन्त्री अधिकारी, पर्यटन व्यवसायी आङछिरिङ शेर्पासहित सात जनाको निधन भएको थियो। सातै जनाको शव बिहिवार दिउँसो सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो।
दुर्घटनामा परी मन्त्री अधिकारी, व्यवसायी शेर्पासहित नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर केसी र मन्त्रीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेको निधन भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell