PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

कोपा डेल रे : रोड्रिगोको निर्णायक गोलमा भ्यालेन्सिया फाइनलमा, बार्सिलोनासँग उपाधिका लागि खेल्ने



पहिलोपोस्ट

कोपा डेल रे : रोड्रिगोको निर्णायक गोलमा भ्यालेन्सिया फाइनलमा, बार्सिलोनासँग उपाधिका लागि खेल्ने

कोपा डेल रे फुटबलको उपाधिका लागि बार्सिलोना र भ्यालेन्सियाबीच प्रतिस्पर्धा हुने भएको छ।

दोस्रो सेमिफाइनलमा रियल बेटिसलाई समग्रमा ३-२ ले पराजित गर्दै भ्यालेन्सियाले बार्सिलोनासँग फाइनल भेट पक्का गरेको हो।

दोस्रो लेगमा रोड्रिगोको निर्णायक गोल मद्दतमा भ्यालेन्सियाले जित हात पारेको हो। यसअघि भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो।

उता बार्सिलोनाले रियल मड्रिडलाई समग्रमा ४-१ ले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ। सर्वाधिक ३० पटकको च्याम्पियन बार्सिलोनाले पछिल्लो चार संस्करणको उपाधि जितेको थियो। बार्सिलोना लगातार छैटौँ पटक फाइनल पुग्दा भ्यालेन्सिया भने सन् २००८ पछि पहिलो पटक फाइनल पुगेको हो।

भ्यलेन्सियाले ७ पटक कोपा डेल रे को उपाधि जितेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell