PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

फ्राइडे रिलिजमा तीन फिल्मको भिडन्त



पहिलोपोस्ट

फ्राइडे रिलिजमा तीन फिल्मको भिडन्त

काठमाडौं:  यो साता शुक्रबार प्रदर्शन अन्तर्गत दुई नेपाली फिल्म छन्। 'क्याप्टेन' र 'द ब्रेकअप' प्रदर्शनमा आएका फिल्म हुन्। यो साता नै कार्तिक आर्यान अभिनित बलिउड फिल्म 'लुका छुप्पी' नेपाल प्रदर्शनमा आएको छ।

दीवाकर भट्टराईले निर्देशन गरेको 'क्याप्टेन'मा अभिनेता अनमोल केसीको मुख्य अभिनय छ। फिल्मबाट कलाकार उपासना सिंह ठकुरी र प्रियंका एमभीले डेब्यू गर्दैछन्। फिल्ममा अनमोल, उपासना र प्रियंकासँगै सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन बिक्रम राई, राजाराम पौडेल, सरोज खनाल, सुर्यमाला खनाल, बद्धी तामाङलगायतको अभिनय छ।

फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, नवराज उप्रेतीको छायाँकन, चन्द्र पन्तको द्वन्द र दीर्घ खड्काको सम्पादन छ।

 त्यस्तै प्रदर्शनमा आएको 'द ब्रेकअप'लाई हेमराज बिसीले निर्देशन गरेका हुन्। यो आशिरमान देशराज जोशी क्षेष्ठको दोस्रो फिल्म हो भने अभिनेत्री शिल्पा मास्केको पहिलो फिल्म। लभस्टोरी विधामा बनेको फिल्ममा आशिरमान र शिल्पासँगै रेमनदास श्रेष्ठ, इच्छा कार्कीको अभिनय छ। फिल्ममा नरेन्द्र मैनालीको छायाँकन छ।

 यस्तै, लक्ष्मण उतेकर निर्देशित फिल्म हो 'लुका छुप्पी'। फिल्ममा कार्तिकसँगै कृति सनोन, विनय पाठक र पंकज त्रीपाठीको मुख्य अभिनय छ। एकसाथ प्रदर्शनमा आएका यी तीन फिल्मको बक्स अफिसमा भिडन्त पक्का छ। तीन फिल्ममा कसले बाजी मार्ला?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell