PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

चितवन पोस्ट दैनिकका प्रबन्ध सम्पादक अर्यालको निधन



पहिलोपोस्ट

चितवन पोस्ट दैनिकका प्रबन्ध सम्पादक अर्यालको निधन

काठमाडौँ : चितवन पोस्ट दैनिकका प्रबन्ध सम्पादक जीवराज अर्यालको निधन भएको छ। अर्यालको आज मध्यान्न भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो। 

केही समय देखि अस्वस्थ रहेका उनको भरतपुर अस्पतालमा राखिएको थियो। उनी रक्तचापका बिरामी थिए। उनको आजै देवघाटमा अन्तिम संस्कार हुने चितवन पोस्ट दैनिकका पत्रकार दीपेन्द्र अधिकारीले जानकारी दिए।

चितवन पोस्ट दैनिक चितवनको पहिलो दैनिक पत्रिका हो। २०५४ साल माघ ९ गते चितवन पोस्ट साप्ताहिकको रूपमा प्रकाशन प्रारम्भ गरी २०५६ साल साउन १ गतेदेखि लगातार दैनिक संस्करणमा प्रकाशित हुँदै आइरहेको छ।

अर्याल र उनका दाजु धर्मराज अर्यालले पत्रिकाको स्थापना गरेका थिए। दाजु धर्मराज पत्रिकाको संस्थापक सम्पादक हुन्। उनको गत जेठ ३१ गते निधन भए पछि भाइ जीवराजले पत्रिकाको प्रबन्ध सम्पादकको जिम्मेवारी निर्वाह गर्दै आएका थिए। 

अर्याल दाजुभाइको चितवनको पत्रकारिताको पत्रकारितामा महत्त्वपूर्ण योगदान दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell