PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

दुबईमा गुञ्जिँदै नेपथ्य



पहिलोपोस्ट

दुबईमा गुञ्जिँदै नेपथ्य

काठमाडौं: ब्यान्ड स्थापनाको २५ औँ वर्ष पुरा भएको अवसरमा नेपालको लोकरक ब्यान्ड नेपथ्यले आगामी मार्च १९ मा दुबईमा कार्यक्रम गर्ने भएको छ। दुबईको करामास्थित अल नासर लेजरल्याण्डको हलमा नेपथ्य गुञ्जिने भएको हो। ब्यान्ड अहिले विश्वभर सांगितिक यात्रामा छ।

भारत, अष्ट्रेलिया, अमेरिका, बेलायत, युरोप, कोरिया, जापान, हङकङलगायतका देशमा सांगितिक कार्यक्रम गरिसकेको नेपथ्य दोश्रो पटक दुबईमा गुञ्जिन लागेको हो।

एभरेष्ट मिडियाले व्यवस्थापन गरेको कार्यक्रममा नेपथ्यले 'रेशम', 'तालको पानी', 'रातो र चन्द्र सूर्जे...', 'भेँडाको ऊनजस्तो', 'छेक्यो छेक्यो'लगायतका गीतहरु ब्यान्डले प्रस्तुत गर्नेछन्।

ब्यान्डका प्रमुख गायक अमृत गुरुङको टिम दुबई दर्शक माझ प्रस्तुति दिन तयार छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell