PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

मोदीलाई पुटिनको टेलिफोन, पाकिस्तानसँग वार्ता गर्नुस् म मध्यस्थता गर्छु



पहिलोपोस्ट

मोदीलाई पुटिनको टेलिफोन, पाकिस्तानसँग वार्ता गर्नुस् म मध्यस्थता गर्छु

मस्को: रुसी राष्ट्रपति भ्लादमिर पुटिनले भारत–पाक बढ्दो तनाव कम गर्न रुस मध्यस्थताका लागि तयार रहेको बताएका छन्। 
पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरी यस्तो बताएका हुन्। 

टेलिफोनका क्रममा पुटिनले मोदीलाई बढ्दो तनावलाई शीघ्र व्यवस्थापन गर्ने आग्रह गरेको क्रेमलिनले जारी गरेको वक्तव्यमा उल्लेख छ। 
दक्षिण एसियाका दुई आणविक शक्ति राष्ट्रबीचको सङ्घर्ष शीघ्र व्यवस्थापन गर्ने पुटिनले जोड दिएका हुन्। रुस भारतको सैन्य साझेदार हो। पछिल्लो समय रुस-पाकिस्तान सम्बन्ध पनि नजिकिएको छ। 

भारतले रुसमा बनेका हतियार तथा सैन्य जहाजहरू खरिद गर्दै आएको छ। 

रुसी विदेश मन्त्रालयका प्रवक्ताले रुस मध्यस्थताका लागि तयार रहेकोसमेत बताएका छन्। 'यदि दुई देश तयार छन् भने मस्कोले मध्यस्थता गर्न तयार छ,' प्रवक्ता मारिया जाखारोभाले भनेका छन्, 'दुई देशबीचको तनाव प्रति हाम्रो चासो छ। दुवै देशहरूका सैनिकहरू लाइन अफ कन्ट्रोलमा भिडिरहेका छन्। यसले सैन्य टकराबको खतरा निम्त्याउन सक्छ।'

यसैबिच रुसी विदेश मन्त्री सर्जेइ लारोभले भारतीय विदेशमन्त्रीसँग चीनमा भेट गर्दै विवाद समाधानका लागि आग्रहसमेत गरेका थिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell