PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

गाडी निषेध बाटोमा जान खोज्दा ११ को ज्यान जानेगरी यो हविगत



एम बम

गाडी निषेध बाटोमा जान खोज्दा ११ को ज्यान जानेगरी यो हविगत

कैलाली : दार्चुलामा शुक्रबार राति ११ जनाको ज्यान जनेगरी भएको जिप दुर्घटना यातायात सञ्लनमा रोक लगाएको क्षेत्रमा जान खोज्दा भएको खुलेको छ।

जिल्ला यातायात समिति दार्चुलाले २०७४ वैसाखबाट नै उक्त क्षेत्रमा यातायात सञ्चालनका लागि अनुमति नदिने निर्णय गरेको थियो। तर, सवारी धनीहरुले मनोमानी रुपमा उक्त क्षेत्रमा यातायात सञ्चालन गर्ने गरेका कारण शुक्रबार राति ठूलो मानवीय क्षति भएको हो। 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुर्घटनाग्रस्त क्षेत्र सवारी आवत जावतका लागि अति जोखिमयुक्त क्षेत्र हो। दार्चुलाको दुहु गाउँपालिका ५ गरमोरासम्म र श्रीबगडदेखि टिमुरबाटासम्मको सडक साँघुरो र भिरालो क्षेत्र भएकाले यातायात सञ्चालनमा जोखिम हुने भन्दै समितिले यातायात सञ्चालनमा रोक लगाएको थियो।

तर, मानोमानी रुपमा यातायात सञ्चालन गर्ने सवारी धनीहरुकै कारण दुर्घटना भएको हो। उनीहरुले जोखिमयुक्त ठाउँमा पनि सवारी चलाउँदै आएका  थिए।

 
मृतक ११ जनाकै सनाखत 
सदरमुकाम खलङ्गाबाट दुहुँ गाउँपालिकाको हिकिला गइरहेको म १ ज २८० नम्बरको जिप राताकाँठा भिरमा दुर्घटना हुँदा ११ जनाको मृत्यु र एक जना घाइते भएको थियो। मृत्यु हुनेमा दार्चुलाका ९ जना र २ जना बैतडीका रहेका छन्। 

दुहुँ गाउँपालिका–१ का ५३ वर्षीया मानमती भट्ट, ४५ वर्षीया गौमती बम, ७१ वर्षीया धानाम बम, २४ वर्षीय धनबहादुर बम, वडा नम्बर २ का ४१ वर्षीय कल्यानसिंह बडाल र उनकी १७ वर्षीया छोरी निर्मला बडाल, त्यसै ठाउँका ३५ वर्षीया परुली धामीेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। त्यस्तै दुहुँ गाउँपालिका ४ का ५५ वर्षीया अमरा बम, सात वर्षीया आयुषा बम, बैतडी दोगडाकेदार ६ का ६० वर्षीय धनबहादुर चन्द र २१ वर्षीया स्नेहा बम चन्द छन्।  

दुर्घटनामा घाइते भएका जीप चालक दीपकसिंह धामीलाई गए राति नै उपचारका लागि भारतको पिथौरागढ रिफर गरिएको छ। 

तस्बिर : नरेन्द्रसिंह कार्की/रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell